"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने छ : महामन्त्री गगन थापा

प्रकाशित मिति :  8 September, 2023 6:52 pm


सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको उम्मेदवार छान्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने बताए । अहिलेको टिकट वितरण प्रणालीले असन्तुष्टि बढाएको उनको भनाइ छ ।

सिन्धुपाल्चोकमा महिला संघले राखेको कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले भने,‘वडाको सभापति छान्ने अधिकार विधानले तपाईहरुलाई दिन्छ । त्यही वडाको अध्यक्षको उम्मेदवार छान्न प¥यो भने तपाईको अधिकार खोसिएर त्यो भन्दा माथि जान्छ ।’

सबै अधिकार जब दाइलाई दिनुहुन्छ भने दाइले टिकट भाउजुलाई नै दिने अवस्था बन्ने थापाले बताए । दाइले भाउजुलाई टिकट दिने अवस्था नबन्नका लागि तल्लो तहलाई नै आफ्ना उम्मेदवार बनाउने अधिकार दिनुपर्ने थापाको तर्क छ ।

‘कुनै क्षेत्रको टिकट बाँड्ने माथि बस्ने दाइले होइन । त्यहीँका पार्टी सदस्यहरुले मतदान गरेर छान्नुपर्दछ,’ महामन्त्री थापाले भने ।

८ लाख ६६ हजार क्रियाशील सदस्य भएको पार्टी अहिले अलि शिथिल भएको देखिनुमा पार्टीभित्र अन्याय र विभेद कारण रहेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।