"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने छ : महामन्त्री गगन थापा

प्रकाशित मिति :  8 September, 2023 6:52 pm


सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको उम्मेदवार छान्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने बताए । अहिलेको टिकट वितरण प्रणालीले असन्तुष्टि बढाएको उनको भनाइ छ ।

सिन्धुपाल्चोकमा महिला संघले राखेको कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले भने,‘वडाको सभापति छान्ने अधिकार विधानले तपाईहरुलाई दिन्छ । त्यही वडाको अध्यक्षको उम्मेदवार छान्न प¥यो भने तपाईको अधिकार खोसिएर त्यो भन्दा माथि जान्छ ।’

सबै अधिकार जब दाइलाई दिनुहुन्छ भने दाइले टिकट भाउजुलाई नै दिने अवस्था बन्ने थापाले बताए । दाइले भाउजुलाई टिकट दिने अवस्था नबन्नका लागि तल्लो तहलाई नै आफ्ना उम्मेदवार बनाउने अधिकार दिनुपर्ने थापाको तर्क छ ।

‘कुनै क्षेत्रको टिकट बाँड्ने माथि बस्ने दाइले होइन । त्यहीँका पार्टी सदस्यहरुले मतदान गरेर छान्नुपर्दछ,’ महामन्त्री थापाले भने ।

८ लाख ६६ हजार क्रियाशील सदस्य भएको पार्टी अहिले अलि शिथिल भएको देखिनुमा पार्टीभित्र अन्याय र विभेद कारण रहेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा