"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाउदा केही मान्छे हतास छन : प्रधानमन्त्री

प्रकाशित मिति :  9 September, 2023 5:38 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको बताएका छन् । भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा केही मान्छेहरू विक्षिप्त भएको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।

गोरखाको भच्चेकमा योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा सरकारले अभियान सञ्चालन गरेको बताएका हुन् । जनतालाई राहत दिने र मुलुकमा सुशासन कायम गर्ने अभियानमा सरकार रहेको उनको भनाइ थियो ।

‘म तपाईंहरूको मतबाट निर्वाचित भएर गएपछि धेरै उतारचढावसहित प्रधानमन्त्रीको रूपमा भूमिका खेल्ने अवसर प्राप्त भयो । यो चुनौती पनि छ, अवसर पनि छ । अहिले सरकारको तर्फबाट जनतालाई प्रत्यक्ष रूपले राहत दिने काम सुरु गरिएको छ,’ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘सरकारको तर्फबाट सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्ध ठूलो अभियान नै छेडिएको छ । यसले एकथरी मान्छेहरूलाई विक्षिप्त बनाएको छ भने जनतालाई यो हाम्रो सरकार, जनताको सरकार हो भन्ने बनाएको छ ।’

सरकारले मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्नका लागि निजी र सार्वजनिक क्षेत्रलाई परिचालन गर्ने नीति लिएको र त्यो काम आफू प्रधानमन्त्री भएदेखि नै थालिएको दाहालको भनाइ थियो । सरकारले मिटरब्याज पीडित र लघुवित्त पीडितका पक्षमा पनि काम थालिएको बताए ।

त्यस्तै, राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिविरुद्ध प्रहारको प्रयास भएको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्दै परिवर्तनका उपलब्धि बचाउनुपर्ने उनले बताए । ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । ठूलो त्याग, तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न पनि यो अभियान सफल पार्न जरुरी छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले आगामी चीन भ्रमणले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।