"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखरको प्रश्न – सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिँदा कसरी चल्छ पार्टी ?

प्रकाशित मिति :  13 September, 2023 2:22 pm


काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिँदा पार्टी नचल्ने बताएका छन्। बिपी स्टडी युथ सर्कलको कार्यक्रममा उनले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिँदा पार्टी चल्न कठिन हुने बताएका हुन्।  

‘सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएका छन्। पार्टी कसरी चल्छ ?’ उनको प्रश्न छ, ‘यसमा हामीले सोच्नुपर्ने भएको छ। बिपी कोइरालाका पालामा सभापति प्रणालीमा पार्टी चलेको थियो। अहिले बहुपदीय प्रणाली छ। यो खराब हो म भन्दिनँ। तर, पार्टी चल्नुपर्छ।’

कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच मतभेद बढ्दो छ। १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी कोइरालाले सभापति र महामन्त्रीको ध्रुवीकरण पार्टीका लागि राम्रो नभएको बताए। 

‘यसमा हामीले सोच्नुपर्ने भएको छ। बिपी कोइरालाका पालामा सभापति प्रणालीमा पार्टी चलेको थियो। अहिले बहुपदीय प्रणाली छ। यो खराब हो म भन्दिनँ। तर, पार्टी चल्नुपर्छ,’ उनले भने। 

पार्टीका सदस्यबाट नेतृत्व छान्ने कुरा राम्रो भए पनि पार्टीभित्र गम्भीर बहस गर्नुपर्ने कोइरालाकाे तर्क थियाे। यस्तै नेता कोइरालाले बिपी कोइराला जनतासँग जोडिएपछि पूर्वमा कांग्रेसको आधार बनेको बताउँदै उनले भने, ‘जनतासँग जोडिएपछि मात्र कांग्रेस बढ्छ। युवा साथीहरू जनतासँग जोडिनुभएको छैन भने नेपाली कांग्रेसमा नलागे हुन्छ।’

उनले भने, ‘स्थायी सरकार किन भइरहेको छैन। ९० सिट भएको कांग्रेसले ३२ सिट भएको माओवादीलाई नेतृत्व दिनुपरेको छ। हाम्रो निर्वाचन प्रणालीमा एक्लै कसैको बहुमत आउँदैन,’ कोइरालाले भने, ‘कुनै पनि दलले बहुमत प्राप्त गर्ने गरी निर्वाचन प्रणालीलाई समावेश बनाउन सक्छौँ कि सक्दैनाैँ ? यसमा हामीले ध्यान दिनुपर्छ।’

यस्तै कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले दिनहुँ विमानस्थलमा हुने रोदनबारे कांग्रेस गम्भीर हुनुपर्ने बताए। ‘रहरले मान्छे बिदेसिएको छैन। यसलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिनुपर्छ,’ उनले भने। 

यस्तै, आचार्यले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यको हुने भन्दै पार्टीको सदस्यले चाहनालाई छाडेर नेतृत्वले अर्कोलाई टिकट दिएको बताए। ‘त्यसले पार्टीको  रक्तसञ्चार रोक्छ।  पार्टीको सदस्यलाई सम्मानित बनाउनुपर्छ। पार्टी सदस्यले नेतृत्व चुन्न पाउनुपर्छ। पार्टी सदस्यता खुला गर्नुपर्छ। पार्टी सदस्यले छानेको मान्छेलाई उम्मेदवार बनाउनुपर्छ । यसका लागि युवा साथीहरूले धक नमानी हस्तक्षेप गर्नुपर्छ,’ उनले भने।

नेता गुरुराज घिमिरेले पनि बिदेसिने अवस्थाबारे टिप्पणी गरेका थिए। ‘बाबु–आमालाई छोरोले कुरेर बसेन। तर, बाबुको मृत्युपछि पनि छोरालाई कुरिरहेको अवस्था छ। हाम्रो देशको यो वर्तमान चित्र हो।  १९ महिनामा २४ लाख नेपाली बिदेसिएको आँकडा छ। २०–३० वर्षपछि नेपाल युवाविहीन हुन्छ,’ उनले भने, ‘नेपालको सुरक्षा खतरामा पर्छ। यस्तै अवस्था रह्यो भने लोकसेवा, प्रहरी र सेनामा भर्ना हुने मान्छे हुँदैन।’

सरकारले जनतामा आशा जगाउनुपर्नेमा सरकार देखेर जनता निराश भइरहेको उनको भनाइ छ। ‘उद्योगशीलविनाको राजनीति नैतिक हुँदैन।  प्रश्न उठ्छ।  त्यसैले युवा साथीहरू उद्योगशील बन्नुपर्छ,’ उनले भने।

यस्तै, नेता रञ्जित कर्णले नेपाली जनता नेपाली कांग्रेसको कामकारबाहीबाट सन्तुष्ट नरहेकाे बताए । ‘बिपीसँग संगत गरेका नेता पार्टीको नेतृत्वमा छन् । के उनीहरूले बिपीको दृष्टिकोणमा काम गर्न सके ?   हाम्रा नेताका गतिविधिले जनता पार्टीबाट टाढिँदै हुनुहुन्छ । हामी उद्योगशील हुन सक्यौँ भने हाम्रो जीवनशैलीमाथि प्रश्न उठ्दैन । नेताबाट जनताको बुझाइ पनि फेरिन्छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा