"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित गर्ने कार्यसूची

प्रकाशित मिति :  14 September, 2023 2:40 pm


संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ।आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा संविधान सभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गत सोमबार राति निधन भएको थियो।

हृदयघात भएका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले