"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

प्रकाशित मिति :  14 September, 2023 4:35 pm


काठमाडौं । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभाले बिहीबार शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए । २० को दशकयता लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका नेम्वाङले संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेतृत्वदायी भूमिका खेलेका उनले बताए ।

मृदुभाषी सरल, सहज र समन्वयकारी नेम्वाङको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको सभामुख घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावमा उल्लेख छ ।

संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने नेम्वाङको निधनमा प्रतिनिधिसभाले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको सभामुख घिमिरेले बताए । सभामुखले प्रस्तुत गरेको शोक प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतले पारित गरेको थियो ।

नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिकf संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य थिए ।

२०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधान सभाको अध्यक्ष थिए । यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए ।

शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ । यसअघि बिहीबार नै राष्ट्रियसभा बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

हृदघातका कारण गत मंगलबार निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले