"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिमा ‘केही नेपाल ऐन संशोधन विधेयक’ दफावार छलफल हुने

प्रकाशित मिति :  15 September, 2023 2:59 pm


काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

सरकारले वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता गरेको विधेयकमा सांसदहरुले ५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । ती संशोधन प्रस्तावउपर समेत संसदीय विषयगत समितिमा छलफल हुनेछ ।

यो विधेयकमा रहेको शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रस्तावित व्यवस्थाप्रति सांसदहरुको ज्यादा चासो छ । यही विषयसँग सम्बन्धित २५ वटा संशोधन प्रस्ताव परेको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद र केही स्वतन्त्र सांसदले मूलधारको शान्तिपूर्ण राजनीतिमा आएकै कारण नेता र कार्यकर्ताको हिंसात्मक गतिविधिसँग सम्बन्धित मुद्दा फिर्ता नहुने भनी संशोधन हालेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा