"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारविरूद्ध अनुसन्धानलाई रोक्न हुन्न : कांग्रेस महामन्त्री शर्मा

प्रकाशित मिति :  17 September, 2023 11:50 am


झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइल मात्र होइन, ‘फायर’ नै खोल्नुपर्ने बताएका छन्। शनिबार झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए।

‘कांग्रेसले कसैलाई निलम्बन गर्‍यो वा गरेन, त्यो ठूलो कुरा होइन। यस्तो हल्ला गर्नुको अर्थ पनि छैन,’ उनले भने, ‘भ्रष्टाचारको फाइल मात्र होइन, फायर खोलिनुपर्छ।’ नेपाली कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहने उल्लेख गर्दै उनले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता औंल्याए। उनले पार्टीमा भइरहेका गल्ती–कमजोरीको सबै दोष आफूहरूले नलिने बताए।

महामन्त्री शर्माले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक अस्वीकार्य भएको पनि बताए। ‘पहिलाको प्रस्तावित विधेयक त्रुटिपूर्ण रहेकाले सच्याएर ल्याउने सल्लाह भएको हो। फेरि पनि असंगत विधेयक नै ल्याइयो,’ उनले भने, ‘म पनि शिक्षकको छोरा हुँ। समस्या बुझेको छु। प्रधानमन्त्रीलाई भन्छु, यो ऐन अस्वीकार्य छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा