"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ : अध्यक्ष ओली

प्रकाशित मिति :  17 September, 2023 7:04 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन् । आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले ‘चिलतिर औंलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउन २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेकोमा आक्रोशसमेत व्यक्त गरे । वर्तमान सरकार उपभोक्तामाथि संस्थागतरुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य च्यूत नहुन पनि सचेत गराए ।

‘जब हाउसमा पशुपतिमा सुन भनेर पित्तल चढाइयो भनेर एउटा सत्ताधारी गुटका सांसद कराए । त्यतिबेरै मैले केही हुँदैछ कि । पशुपतितिर ध्यान मोडेर के गर्न खोजिराखेका छन् भनेको ? एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ओसारपसार चलाउने उद्योग रहेछ त्यहाँ । त्यो उद्यम उतातिर चलाउने, यता पशुपतिमा सुन तौलिन लगाउने । यो खालको तरिकाले चिलतिर देखाउने, यता कुखुरा उडाउने । यो खालको तरिकाहरु राज्यबाट भइराखेको छ,’ उनले भने, ‘हामी सरकारमा हुँदा होस् वा नहुँदा उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुखरुपमा सरकारको हो ।’

ओलीले आफ्नो पार्टीले आम उपभोक्ताको हितका लागि सरकारको पनि ध्यानाकर्षण गराए । उनले आम उपभोक्ताको हित संरक्षणका लागि गरिबी निवारणमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा