"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखर-गगन छलफल गर्दै, विश्व–प्रदीपलाई समूहमा भित्र्याउने तयारी

प्रकाशित मिति :  19 September, 2023 11:37 am


काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज बस्दै छ । महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बैठकमा बोलाइएको छ । विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको नेता शेखर निकटका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

तर, प्रदीप पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् । आजै उनी चीन  जाने भएकोले उपस्थित नहुने भएका हुन् । १४औं महाधिवेशनपछि विश्व–प्रदीपसहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् । शेखर–गगन समूहमा विश्व–प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए । केन्द्रीय समिति बैठकअघि विश्व–प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको छ ।

बैठक आज शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकका शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने उक्त समूहका एक नेताले जानकारी दिए । साउनको केन्द्रीय समितिको बैठकअघि उक्त समूहको बैठक बस्न सकेको थिएन ।

केही दिनअघि विश्व–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व–प्रदीपसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन