"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखर-गगन छलफल गर्दै, विश्व–प्रदीपलाई समूहमा भित्र्याउने तयारी

प्रकाशित मिति :  19 September, 2023 11:37 am


काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज बस्दै छ । महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बैठकमा बोलाइएको छ । विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको नेता शेखर निकटका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

तर, प्रदीप पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् । आजै उनी चीन  जाने भएकोले उपस्थित नहुने भएका हुन् । १४औं महाधिवेशनपछि विश्व–प्रदीपसहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् । शेखर–गगन समूहमा विश्व–प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए । केन्द्रीय समिति बैठकअघि विश्व–प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको छ ।

बैठक आज शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकका शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने उक्त समूहका एक नेताले जानकारी दिए । साउनको केन्द्रीय समितिको बैठकअघि उक्त समूहको बैठक बस्न सकेको थिएन ।

केही दिनअघि विश्व–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व–प्रदीपसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा