"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वितृष्णा चिर्दै नवीन विश्वास जगाउन सक्ने व्यक्ति अबको नेतृत्व : महामन्त्री शर्मा

प्रकाशित मिति :  19 September, 2023 2:46 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समय चेत बुझ्न र हाँक्न सक्ने व्यक्ति मात्रै अबको पार्टी सभापति र प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । उनले यो विषयमा अब बस्ने महासमिति बैठकले धारणा बनाउनुपर्ने समेत बताएका छन् । सो बैठकले अहिलेको पार्टी पंक्तिमा उर्जा भर्न, नागरिकको माझमा रहेको वितृष्णा चिर्दै नवीन विश्वास जगाउन र ०८२ सालमै महाधिवेशनको सुनिश्चितता समेत गर्न सक्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय कार्यसमिति बैठकको सम्मुखमा महामन्त्री शर्माको गुट अदलबदलका विषयमा टिप्पणी भइरहेका बेला उनले कांग्रेसमा अहिले विचार समूहहरु र सिंगो पार्टीको विमर्शको केन्द्र भने फरक विषयहरुमा हुनुपर्ने दाबी गरेका छन् ।

बिहीबारदेखि बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको तयारीका विषयमा छलफल गर्न नेता शेखर कोइरालाले मंगलबार आफूनिकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् । सो बैठकमा महामन्त्री शर्मालाई समेत निम्त्याइएको थियो । तर शर्माले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् कोइरालाले बोलाएको बैठकमा सहभागी नहुने संकेत गरेका छन् ।

‘दलहरुमा फरक विचार र विचार समूह हुनु स्वभाविक हो । कांग्रेसमा पनि छ/ छन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ,’ उनले लेखेका छन्, ‘तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रति सजग छु / रहनेछु ।’

उनले अहिले विचार समूह कसरी मजबुद हुने भन्दा पनि कांग्रेस कस्तो बन्ने र कांग्रेसमा कसको नेतृत्व हुने भन्ने विषय महत्त्वपूर्ण रहेको बताएका छन् । ‘कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ? भन्दा महत्त्वपूर्ण अहिले समाजमा असन्तुष्टि किन छ ? हामी त्यसमा कति दोषी छौं ? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ? भन्ने प्रश्नहरु छन्,’ शर्माले लेखेका छन्, ‘महासमिति बैठकमार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि मार्गदर्शन गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन