"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वितृष्णा चिर्दै नवीन विश्वास जगाउन सक्ने व्यक्ति अबको नेतृत्व : महामन्त्री शर्मा

प्रकाशित मिति :  19 September, 2023 2:46 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समय चेत बुझ्न र हाँक्न सक्ने व्यक्ति मात्रै अबको पार्टी सभापति र प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । उनले यो विषयमा अब बस्ने महासमिति बैठकले धारणा बनाउनुपर्ने समेत बताएका छन् । सो बैठकले अहिलेको पार्टी पंक्तिमा उर्जा भर्न, नागरिकको माझमा रहेको वितृष्णा चिर्दै नवीन विश्वास जगाउन र ०८२ सालमै महाधिवेशनको सुनिश्चितता समेत गर्न सक्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय कार्यसमिति बैठकको सम्मुखमा महामन्त्री शर्माको गुट अदलबदलका विषयमा टिप्पणी भइरहेका बेला उनले कांग्रेसमा अहिले विचार समूहहरु र सिंगो पार्टीको विमर्शको केन्द्र भने फरक विषयहरुमा हुनुपर्ने दाबी गरेका छन् ।

बिहीबारदेखि बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको तयारीका विषयमा छलफल गर्न नेता शेखर कोइरालाले मंगलबार आफूनिकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् । सो बैठकमा महामन्त्री शर्मालाई समेत निम्त्याइएको थियो । तर शर्माले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् कोइरालाले बोलाएको बैठकमा सहभागी नहुने संकेत गरेका छन् ।

‘दलहरुमा फरक विचार र विचार समूह हुनु स्वभाविक हो । कांग्रेसमा पनि छ/ छन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ,’ उनले लेखेका छन्, ‘तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रति सजग छु / रहनेछु ।’

उनले अहिले विचार समूह कसरी मजबुद हुने भन्दा पनि कांग्रेस कस्तो बन्ने र कांग्रेसमा कसको नेतृत्व हुने भन्ने विषय महत्त्वपूर्ण रहेको बताएका छन् । ‘कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ? भन्दा महत्त्वपूर्ण अहिले समाजमा असन्तुष्टि किन छ ? हामी त्यसमा कति दोषी छौं ? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ? भन्ने प्रश्नहरु छन्,’ शर्माले लेखेका छन्, ‘महासमिति बैठकमार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि मार्गदर्शन गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा