"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

प्रकाशित मिति :  21 September, 2023 11:58 am


एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन्। महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्।

सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने यसअघि नै जानकारी गराइसकेका छन्।

त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासनप्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायत विभिन्न विषयमा जानकारी गराउनेछन्।

यसै वर्ष दिगो विकास, जलवायु परिवर्तन दिगो विकासका लक्ष्यहरू हाँसिल गर्न वित्तिय प्रवन्धलगायतका संयुक्त राष्ट्रसंघका मुलुकहरूको साझा चासो र सरोकारका विषयहरूमा पनि धारणा राख्ने प्रधानमन्त्री प्रचण्डले न्युयोर्क जानुअघि संसदलाई जानकारी दिएका थिए।

नेपालले यसपालिको महासभामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ देशको प्रतिनिधित्व गर्द  साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणा राखेको छ। महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि न्युयोर्कबाट चीन जानेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता