"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दोस्रो दिन पनि विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको प्रदर्शन [फोटो फिचर]

प्रकाशित मिति :  21 September, 2023 2:57 pm


काठमाडौं । विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् ।

त्यस्तै, आजै सरकारले शिक्षकहरुसँग पहिलो चरणको छलफल गरेको छ । आज बिहान गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकहरुले छलफल गरेका थिए । छलफलमा गृहमन्त्री श्रेष्ठले तत्काल वार्ताबाट समाधान खोज्न शिक्षकहरुलाई अनुरोध गर्नुभएको छ ।

साथै आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शिक्षकहरूसँग अनुरोध गरेको छ । तर शिक्षकहरूले आज पनि बुधबारकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने  जनाएको छ । बुधबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी समितिले काठामाडौं केन्द्रित प्रदर्शन सुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले