"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दोस्रो दिन पनि विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको प्रदर्शन [फोटो फिचर]

प्रकाशित मिति :  ४ आश्विन २०८०, बिहीबार १४:५७


काठमाडौं । विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् ।

त्यस्तै, आजै सरकारले शिक्षकहरुसँग पहिलो चरणको छलफल गरेको छ । आज बिहान गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकहरुले छलफल गरेका थिए । छलफलमा गृहमन्त्री श्रेष्ठले तत्काल वार्ताबाट समाधान खोज्न शिक्षकहरुलाई अनुरोध गर्नुभएको छ ।

साथै आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शिक्षकहरूसँग अनुरोध गरेको छ । तर शिक्षकहरूले आज पनि बुधबारकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने  जनाएको छ । बुधबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी समितिले काठामाडौं केन्द्रित प्रदर्शन सुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका

नवलपरासी – पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नारायणढ–बुटबल सडक खण्डको दाउन्ने पहाडमा बुधबारदेखि दैनिक ४ घन्टा सडक बन्द गरी सडक बिस्तारको काम

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि वर्षा हुने अनुमान गरेका छन् । बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु

काठमाडौँ – आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकका मागबारे