"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाकिस्‍तानसँग नेपाल १ गोलले पराजित

प्रकाशित मिति :  22 September, 2023 11:49 am


काठमाडौं । साफ यु-१९ फुटबल च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। बिहीबार साँझ काठमाडौंस्थित दशरथ रंगशालामा पाकिस्तानविरूद्धको खेलमा नेपाल १ गोलले पराजित भएको हो। पहिलो हाफमा दुबै देशका खेलाडीहरूले गोल गर्न सकेका थिएनन्। दोस्रो हाफमा भने पाकिस्तानले गोल गरेको हो।

पाकिस्तानका लागि अलि जफरले ७७ औं मिनेटमा गोल गरेका हुन्। जफरको गोल नै जितका लागि निर्णायक हुन पुगेको हो। यो प्रतियोगिता बिहीबारदेखि असोज १३ गतेसम्म प्रतियोगिता हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्। प्रतियोगिताको सुरूआती दुई संस्करण नेपालले जितेको थियो। गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार