"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसियाली खेलकुदका लागि क्रिकेट खेलाडीहरूको बिदाइ

प्रकाशित मिति :  24 September, 2023 11:19 am


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाइ गरेको छ। आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन्।

आज जाने टिममा सन्दीप लामिछाने भने छैनन्। काठमाडौं जिल्ला अदालतले उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप चीन नजाने भएका हुन्। क्यानका सचिव पारस खड्काका अनुसार उनी भोलि जानेछन्।

त्यस्तै चोटका कारण ललित नारायण राजवंशीले पनि एसियन गेम्स गुमाएका छन्। उनको ठाउँमा सागर ढकाललाई पठाइने सचिव खड्काले जानकारी दिए। नेपाली क्रिकेट टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव जानेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार