"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार आफैंले सुन तस्करी गरिरहेको छ : अध्यक्ष ओली

प्रकाशित मिति :  24 September, 2023 12:25 pm


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैंले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरू आफैंले स्वर्ण युग आयो भनेर भनिरहेको बताए। 

‘यहाँ ब्रेक सुमा सुनैसुन। भेपमा सुनैसुन। सिग्रेट खान खोज्यो सुनैसुन। पानी चलाउने मोटर ल्यायो, सुनैसुन। जे छोयो, त्यो सुनैसुन। स्वर्ण युग आयो भन्दैछ सरकार। यति सुन आएको छ। फेरी स्वर्ण युग नआए कहिले आउँछ त? भन्दैछ सरकार,’ उनले भने।

सरकारले नै विभिन्न काण्डहरू चलाइराखेको उनको भनाइ थियो।  ‘देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डहरू चलेका छन् नि। यस्ता काण्डहरू चलाउनु हुँदैन। म काण्डहरू चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु। यस्ता काण्डहरू चलाउनु हुँदैन। यस्ता काण्ड चलाएर अनि देश विकास हुन्छ?,’ उनको प्रश्न छ।

उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए। ‘मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न। तर अवस्था नाजुक छ। धेरै नाजुक छ। र, धेरै नेपालीले यस नाजुक स्थितिबारे सोच्न पर्छ। यस स्थितिमा परिवर्तन ल्याउनै पर्दछ। किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदिइत्यादि छ भन्न सकिँदैन,’ उनले भने।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा