"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनल प्रवेश

प्रकाशित मिति :  25 September, 2023 4:13 pm


काठमाडौं । माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।  सोमबार दशरथ रंगशालामा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो। पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो। 

दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्षम र नीराजन धामीले एक–एक गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्। 

हारसँगै माल्दिभ्स समूह चरणबाटै घर फर्किएको छ। पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तानले दोस्रो खेलमा माल्दिभ्ससँग एक–एक गोलको बराबरी खेलेको थियो। पाकिस्तान यस प्रतियोगितामा पहिलोपटक सहभागी भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको