"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनल प्रवेश

प्रकाशित मिति :  25 September, 2023 4:13 pm


काठमाडौं । माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।  सोमबार दशरथ रंगशालामा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो। पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो। 

दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्षम र नीराजन धामीले एक–एक गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्। 

हारसँगै माल्दिभ्स समूह चरणबाटै घर फर्किएको छ। पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तानले दोस्रो खेलमा माल्दिभ्ससँग एक–एक गोलको बराबरी खेलेको थियो। पाकिस्तान यस प्रतियोगितामा पहिलोपटक सहभागी भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार