"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फुटपाथ व्यापारीलाई समय तोकेर व्यापार गर्न दिन ओली आग्रह

प्रकाशित मिति :  25 September, 2023 5:13 pm


काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादति गरेको आरोप लगाएका छन्। सोमबार एमाले बागमती प्रदेश अधिवेशन समारोहमा बोल्दै अध्यक्ष ओलीले नगर प्रहरीले नागरिकमाथि गरिरहेको ज्यादति बन्द गर्नुपर्ने बताएका हुन्।

‘दम्भ र घमण्डले मानिसलाई बिगार्छ। समस्या बल्झाएर समाधान हुँदैन। नगर प्रहरीले नागरिकमाथि गरिरहेको ज्यादति बन्द गर्नुपर्छ । नगर प्रहरीको व्यवहार तमासा छ। गाडी सरर आउँछ। गाडीबाट मानिस ओर्लिएरजसरी  नगरप्रहरी उर्लिदैनन्।  प्रहरी ओर्लिएरजसरी ओर्लिदैन। युनिफर्ममा हुन्छ। हाम फालेपछि सिटी फुक्न सुरू गर्छ,’उनले भने,’ आतंक आएजस्तो गर्छ। गएपछि रिस उठेको बच्चाबच्ची जसरी चारैतिर व्यापारीको सामान फाल्छ। यसरी समस्याको सामाधान हुँदैन।’ 

अध्यक्ष ओलीले फुटपाथ व्यापारीलाई विकल्प दिनुपर्ने बताए। विकल्पको तयारी नभएसम्म फुटपाथ व्यापारीले बिहान र बेलुकाको समयमा व्यापार गर्न  पाउनुपर्ने बताए।

उनले भने, ‘सहर सफा राखौं। बाटो खुला राखौं। मान्छेलाई रुवाएर होइन समाधानको विकल्प खोजिनुपर्छ। बिहान ५ -८ बजे र बेलुका  ६-८ बजे सम्मको समयमा फुटपाथमै व्यापार गर्न दिऔं। ‘

महानगरले फुटपाथमा व्यापार गर्न निषेध गरेको छ। विकल्प नदिइ आफूहरूलाई विस्थापित गरेको भन्दै फुटपाथ व्यापारीहरू पटक पटक आन्दोलित हुँदै आएका छन्। महानगरले फुटपाथ पैदलयात्रीका लागि भनेर त्यहाँ व्यापार गर्न निषेध गरेको छ।

व्यापारीलाई व्यापार बन्द गर्नुपर्ने परिस्थित आउँदा पनि सरकार चुप लागेर बसेको ओलीको आरोप छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा