"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताले पार्टीसँग आक्रोशसँगै विकल्प पनि खोज्न थालिसके : अर्जुननरसिंह केसी

प्रकाशित मिति :  25 September, 2023 6:23 pm


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीसँग आक्रोशसँगै विकल्प पनि खोज्न थालिसकेको बताएका हुन्।

उनले कांग्रेसका नेताहरु पार्टी कब्जाको दौडमा निस्किरहँदा जनता भने अन्य कसैले पकडमा लिइरहेको बताएका छन्। ‘हामी अहिले आ-आफ्नो ढंगले पार्टी कब्जाको दौडमा छौँ। सभापतिजीले पनि गरिराख्नुभएको होला, हामी पनि गरिराखेका छौँ’, उनले भने, ‘हामी सबै पार्टी कब्जा गर्न खोजिरहेका छौँ, जनता अर्कैले कब्जा गरिसकेका छन्।’

केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनता ठूला दलबाट आक्रोशित मात्रै नभएर विकल्प खोज्न लागिसकेको सुनाए। यदि जनताले विकल्प खोज्न थालेको कुरालाई आत्मसाथ नगरे आगामी निर्वाचनमा ठूलै संकट आउने उनले बताए।

केसीले काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन आउनुलाई गम्भीर भने। ‘सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन मिलिरहेको छ’, उनले भने, ‘समाजको मनोविज्ञान अराजकतातर्फ धकेलिएको छ।’ केसीले नेताहरू आपसमा नजुटे धेरै क्षति बेहोर्नुपर्ने पनि बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा