"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मणिपालमा चिकित्सक कुटिएको विरोधमा माइतीघरमा प्रदर्शन

प्रकाशित मिति :  26 September, 2023 6:08 pm


काठमाडौँ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उनीहरुबीच धकेलाधकेल भएको हो ।

चिकित्सकहरुले ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पनि हेटौंडालगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।

बिरामीका आफन्त नाराबाजीमा उत्रिँदा केहीबेर अस्पताल तनावग्रस्त भएको थियो । प्रहरीले कुटपिट गर्नेको पहिचान नभइसकेको बताए पनि कुटपिटको आरोपमा पोखरा–५ का विनय गुरुङलाई नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन