"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिकित्सक आक्रमणमा संलग्‍नलाई मुद्दा चलाउन निर्देशन

प्रकाशित मिति :  26 September, 2023 9:49 pm


काठमाडौँ । गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।

चिकित्सकहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरुको बैठक बोलाएका थिए । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालय स्रोतले जनायो ।

चिकित्सकमाथि आक्रमण र तोडफोडमा संलग्नहरूमाथि उक्त ऐनको व्यवस्थाअनुसार मुद्दा चलाएर कारबाही गर्न निर्देशन दिने निर्णय गरिएको हो । ‘स्वास्थ्य मन्त्रालयले गुनासो, उजुरी गर्ने सम्बन्धी जानकारी सूचनापाटीमा राख्न देशभरका अस्पताललाई परिपत्र गर्ने निर्णय भएको छ,’ गृहमन्त्रालयका एक अधिकारीले भने, ‘कानुन उल्लंघन गर्नेलाई मुद्दा चलाउन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन दिने निर्णय पनि भएको छ ।’

बैठकमा मेडिकल काउन्सिल, एसोसिएसन, नर्सिङ काउन्सिल, चिकित्सक संघ, अस्पतालका डाक्टर, मेडिकल आबद्ध सरोकारवालाहरु उपस्थित थिए ।

कुटपिटको आरोपमा बेंसीसहर नगरपालिका–७ का वडा अध्यक्ष ऋषिराम बस्नेत र पोखरा–५ का विनय गुरुङलाई प्रहरीले प्रक्राउ गरिसकेको छ । नेपाल चिकित्सक संघले भने कारबाही प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रने चेतावनी दिएको थियो । मणिपाल, त्रिवि शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले सेवा रोकेर प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन