"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुराना दललाई रविको सुझाव : जनताको काम यसरी गर्नुस् कि ८४ मा हाम्रो जमानत जफत होस्

प्रकाशित मिति :  29 September, 2023 2:13 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना सबै दलको संयुक्त सरकार बनाउन ती दललाई सुझाव दिएका छन् ।

देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्षका लागि पुराना दल एकैठाउँमा उभिन सुझाव दिएका छन् । ‘हामी बाहेकको  सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।’

पुुराना दलले ‘मिसन ८४’ भन्न नसुहाउने उनको भनाइ छ ।  पुराना दलका लागि हालदेखि २०८३ सालसम्म रहेकाले मिसन ८४ भन्न नमिल्ने रास्वपा सभापति रविको तर्क छ । ‘तपाईंको लागि त मिसन ८० नै छ त ! मिशन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त !! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला,’ रवि भन्छन्, ‘अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् ।’

यो विचको अवधिमा काम गरेर ‘नयाँ, लोकरिझ्याइवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका’ दललाई पुरै असान्दर्भिक बनाउन उनले चेतावनी दिएका छन् । ‘४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्,’ रविले लेखेका छन्, ‘४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई ।’

दुई शक्ति मध्ये एउटा शक्ति सकिनुपर्ने रविको जिकिर छ । पुराना दललाई चेतावनीको शैलीमा उनले भनेका छन्, ‘राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर, कि तपाईंको कि हाम्रो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा