"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माल्दिभ्सलाई हराउदै नेपाल क्वार्टरफाइनलमा प्रवेश

प्रकाशित मिति :  1 October, 2023 10:18 am


काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ।  समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। 
लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि  कीर्तिमानी जित हात पारेको थियो।  आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो। माल्दिभ्सका इस्माइली ३ रन र  अजिन शून्यमा आउट भए। फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे। घानीले ३४ बलमा २ चौका र २ छक्का हिर्काए। माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए।

बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए। उनले ३.४ ओभरमा ११ रन खर्चिए। सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले  २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार