"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य चौतर्फी विरोध

प्रकाशित मिति :  1 October, 2023 10:54 am


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोल र डिजेलको मूल्य बढाएको हो।निगमले मूल्य बढेको सूचना सार्वजनिक गरेसँगै स्वचालित प्रणालीका नाममा उपभोक्ताबाट चर्को असुली गरेहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

भारतीय आयल कर्पोरेन (आईओसी)बाट शनिबार आएको मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेको भन्दै निगमले मूल्य बढाएको दाबी गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ। त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाउँदै १७९ रुपैयाँ कायम गरिएको छ। पेट्रलको मूल्य प्रतिटिटर १८५ रुपैयाँ कायम गरिएको छ। निगमले पछिल्लो समय स्वचालित मूल्य प्रणालीको आधारमा प्रत्येक दुई हप्तामा मूल्य बढाउँदै आएको छ।

शनिबार रातिदेखि नै लागू हुनेगरी एलपी ग्यासको मूल्य २१५ रुपैयाँ प्रतिसिलिण्डका दरले बढाएको छ। शनिबार राति १ बजेदेखि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ कायम गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा