"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य चौतर्फी विरोध

प्रकाशित मिति :  1 October, 2023 10:54 am


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोल र डिजेलको मूल्य बढाएको हो।निगमले मूल्य बढेको सूचना सार्वजनिक गरेसँगै स्वचालित प्रणालीका नाममा उपभोक्ताबाट चर्को असुली गरेहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

भारतीय आयल कर्पोरेन (आईओसी)बाट शनिबार आएको मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेको भन्दै निगमले मूल्य बढाएको दाबी गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ। त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाउँदै १७९ रुपैयाँ कायम गरिएको छ। पेट्रलको मूल्य प्रतिटिटर १८५ रुपैयाँ कायम गरिएको छ। निगमले पछिल्लो समय स्वचालित मूल्य प्रणालीको आधारमा प्रत्येक दुई हप्तामा मूल्य बढाउँदै आएको छ।

शनिबार रातिदेखि नै लागू हुनेगरी एलपी ग्यासको मूल्य २१५ रुपैयाँ प्रतिसिलिण्डका दरले बढाएको छ। शनिबार राति १ बजेदेखि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ कायम गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार