"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

प्रकाशित मिति :  1 October, 2023 2:07 pm


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिए पनि सो मूल्य कार्यान्वयन हुन भने केही समय लाग्ने भएको छ । आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार राति इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो ।

तर, मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयको औपचारिक पत्र प्राप्त नभएसम्म मूल्य समायोजन नहुने निगमले जनाएको छ । ‘मूल्य वृद्धि फिर्ताको समाचार सुनेका छौं,’ निगमका एक अधिकारीले भने, ‘तर, मन्त्रिपरिषद्को पत्र प्राप्त नभएसम्म मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन्न । मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन केही समय लाग्छ ।’

निगमले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने पनि जनाएको छ । सरकारको निर्णयसँगै मूल्य वृद्धि फिर्ता हुँदा खाना पकाउने ग्याँस र हवाई इन्धन घाटामा जाने निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा