"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

प्रकाशित मिति :  1 October, 2023 2:07 pm


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिए पनि सो मूल्य कार्यान्वयन हुन भने केही समय लाग्ने भएको छ । आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार राति इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो ।

तर, मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयको औपचारिक पत्र प्राप्त नभएसम्म मूल्य समायोजन नहुने निगमले जनाएको छ । ‘मूल्य वृद्धि फिर्ताको समाचार सुनेका छौं,’ निगमका एक अधिकारीले भने, ‘तर, मन्त्रिपरिषद्को पत्र प्राप्त नभएसम्म मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन्न । मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन केही समय लाग्छ ।’

निगमले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने पनि जनाएको छ । सरकारको निर्णयसँगै मूल्य वृद्धि फिर्ता हुँदा खाना पकाउने ग्याँस र हवाई इन्धन घाटामा जाने निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार