"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा पेश भयो विद्यालय शिक्षा विधेयक

प्रकाशित मिति :  1 October, 2023 3:26 pm


काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गरेका हुन् । गत भदौ २७ गते मन्त्री राईले नै प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेका थिए । विधेयकलाई लिएर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति सरकारले गरिसकेको छ ।

विधेयक पेश गर्नु अगाडि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । उनले विद्यालय शिक्षा विधेयकका जिल्ला शिक्षा कार्यालय ब्यूँताउने प्रस्ताव राखिएको भन्दै प्रतिगमनको संज्ञा दिएका थिए । संविधानले स्थानीय सरकार मातहत आधारभूत र माध्यमिक शिक्षा रहने भनेको तर जिल्ला शिक्षा कार्यालय राखेर संघले नै नियन्त्रण गर्न खोजेको भनी सुवालले विरोध गरेका थिए ।

शिक्षा मन्त्री राईले सुवालको यस प्रश्नको जवाफ दिएनन् । सुवालको विरोधको सूचनालाई सभाले अस्वीकृत गरिदियो । त्यसपछि विधेयक सभामा पेश भएको हो । अब अर्को कुनै बैठकमा विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । उक्त छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा सभामै छलफल हुनेछ । त्यसपछि सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइन्छ ।

यही बेला शिक्षकहरुसँग भएको सहमति सरकारको तर्फबाट स्वीकार हुने सहमति शिक्षकका प्रतिनिधिहरुसँग भएको छ । सभामा विधेयक अगाडि बढेसँगै शिक्षक महासंघका प्रतिनिधिहरुले राजनीतिक दलहरुसँगको भेटघाट समेत बढाएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गतेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको