"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा पेश भयो विद्यालय शिक्षा विधेयक

प्रकाशित मिति :  1 October, 2023 3:26 pm


काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गरेका हुन् । गत भदौ २७ गते मन्त्री राईले नै प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेका थिए । विधेयकलाई लिएर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति सरकारले गरिसकेको छ ।

विधेयक पेश गर्नु अगाडि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । उनले विद्यालय शिक्षा विधेयकका जिल्ला शिक्षा कार्यालय ब्यूँताउने प्रस्ताव राखिएको भन्दै प्रतिगमनको संज्ञा दिएका थिए । संविधानले स्थानीय सरकार मातहत आधारभूत र माध्यमिक शिक्षा रहने भनेको तर जिल्ला शिक्षा कार्यालय राखेर संघले नै नियन्त्रण गर्न खोजेको भनी सुवालले विरोध गरेका थिए ।

शिक्षा मन्त्री राईले सुवालको यस प्रश्नको जवाफ दिएनन् । सुवालको विरोधको सूचनालाई सभाले अस्वीकृत गरिदियो । त्यसपछि विधेयक सभामा पेश भएको हो । अब अर्को कुनै बैठकमा विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । उक्त छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा सभामै छलफल हुनेछ । त्यसपछि सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइन्छ ।

यही बेला शिक्षकहरुसँग भएको सहमति सरकारको तर्फबाट स्वीकार हुने सहमति शिक्षकका प्रतिनिधिहरुसँग भएको छ । सभामा विधेयक अगाडि बढेसँगै शिक्षक महासंघका प्रतिनिधिहरुले राजनीतिक दलहरुसँगको भेटघाट समेत बढाएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गतेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले