"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

प्रकाशित मिति :  3 October, 2023 12:06 pm


विराटनगर। नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरे । खतिवडा र ढकालबीचकाेे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे ।

प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए । उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए । सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे । भण्डारी खतिवडा प्यानलबाट उम्मेदवार भएका थिए ।

उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । दुवैजना नै खतिवडा प्यानलका हुन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा