"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसियाली खेलकुद : महिला भलिबलमा नेपाल भारतसँग पराजित

प्रकाशित मिति :  4 October, 2023 12:32 pm


काठमाडौँ । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो । हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो ।

पहिलो सेटमा नेपालले अग्रता बनाउँदै लेगपनि २३-२३ को बराबरीपछि भारतले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट नेपालले टाई ब्रेकमा २८-२६ ले जित्दै खेल बराबरी गरेको थियो । तेस्रो सेटमा नेपालले सुरुवात देखि नै भारतमाथि अग्रता बनाउँदै गएको थियो । कुनै समयमा २०-१५ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन र भारतले २०-२० को बराबरी गर्दै सेट २५-२३ ले जित्दै २-१ को अग्रता बनायो ।

चौथो सेटमा पनि नेपालले भारतलाई टक्कर दिएको थियो तर भारतले २५-२३ ले सेट बफ्नो पक्षमा पार्द खेल जितेको हो । एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो । शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने अवसर पाएको हो ।

भारतसँग पराजित भएपछि नेपालले ९-१२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ । हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्नेछ भने पराजित भएमा ११औं स्थानका लागि अन्तिम खेल खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको