"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय निर्वाचनका लागि ९२ मुख्य निर्वाचन अधिकृत सिफारिस

प्रकाशित मिति :  2 March, 2022 12:19 pm


काठमाडौं । न्याय परिषद् सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।

न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार ७७ जिल्लाका लागि ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । १५ जना न्यायाधीशहरूलाई जगेडा मुख्य निर्वाचन अधिकृतको रुपमा समेत सिफारिस गरिएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज न्याय परिषद्सहित न्याय सेवा आयोगको समेत बैठक बसेको थियो । न्याय सेवा आयोगको बैठकबाट न्याय सेवा समूह, कानून समूह र सरकारी वकिल समूहसहित तीनवटै समूहबाट ३६७ जना उपसचिवहरूलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको प्रवक्ता कार्कीले बताए ।

न्याय समूहका १७९, कानून समूहका ४९ र सरकारी वकिल समूहका १४७ जना उपसचिवहरूलाई निर्वाचन अधिकृतको रुपमा आयोगले सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट