"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय निर्वाचनका लागि ९२ मुख्य निर्वाचन अधिकृत सिफारिस

प्रकाशित मिति :  2 March, 2022 12:19 pm


काठमाडौं । न्याय परिषद् सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।

न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार ७७ जिल्लाका लागि ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । १५ जना न्यायाधीशहरूलाई जगेडा मुख्य निर्वाचन अधिकृतको रुपमा समेत सिफारिस गरिएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज न्याय परिषद्सहित न्याय सेवा आयोगको समेत बैठक बसेको थियो । न्याय सेवा आयोगको बैठकबाट न्याय सेवा समूह, कानून समूह र सरकारी वकिल समूहसहित तीनवटै समूहबाट ३६७ जना उपसचिवहरूलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको प्रवक्ता कार्कीले बताए ।

न्याय समूहका १७९, कानून समूहका ४९ र सरकारी वकिल समूहका १४७ जना उपसचिवहरूलाई निर्वाचन अधिकृतको रुपमा आयोगले सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय

काठमाडौं – गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक –इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ  ।मन्त्रालयको बढुवा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ । विशेष अदालतले बुधबार सार्वजनिक गरेको

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार