"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महासमिति सदस्य २९ असोजभित्र चयन गर्न कांग्रेसको निर्देशन

प्रकाशित मिति :  4 October, 2023 5:27 pm


काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने विधानको व्यवस्था छ । निर्वाचन समितिका अनुसार ४५ जिल्लाको महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइसकेका छन् । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अधिकांशमा प्रतिनिधि छनोट भइसकेका छन् । दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामध्येमा केहीमा कुनै क्षेत्रमा छनोट भइसकेको छ भने कतिपयमा बाँकी छ ।

निर्वाचन समितिका अनुसार कोशीमा मोरङ, सुनसरी, झापाका केही क्षेत्रमा प्रतिनिधि छनोट हुन सकेका छैन । साथै, भोजपुर, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा प्रतिनिधि छनोट हुने क्रममा छन् । मधेशमा पर्साका सबै क्षेत्रमा प्रतिनिधि चयन हुन बाँकी छ । धनुषामा चारमध्ये दुई क्षेत्रबाट महासमिति प्रतिनिधि हुन सकेका छैनन् । महोत्तरीको ३ क्षेत्र र सर्लाहीको २ क्षेत्रमा महासमिति सदस्यको छनोट भएको छैन ।

बागमतीमा रसुवा, नुवाकोट, काभ्रे र भक्तपुरले प्रतिनिधि चयन गरिसकेका छन् । गण्डकीमा पर्वत, म्याङ्दी, बागलुङ, लमजुङबाट प्रतिनिधि छनोट हुन बाँकी छ । लुम्बिनीमा पश्चिम नवलपरासी, गुल्मी, रुपन्देही, रुकुम पूर्व, प्युठान बाँकेबाट प्रतिनिधि छनोट भइसकेका छन् । कर्णालीमा सल्यान र दैलेखबाट प्रतिनिधिको चुनाव गर्न बाँकी छ भने सुदूरपश्चिममा डोटी, कैलाली र कञ्चनपुरका प्रतिनिधिका लागि चुनाव हुन बाँकी छ । कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा