"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आममाफीमा बदनियतका साथ स्वेच्छाचारी प्रयोग भयो : गगन थापा

प्रकाशित मिति :  5 October, 2023 4:08 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले गम्भीर अपराधमा संलग्न कैदीबन्दीलाई आममाफी दिएर सरकारले गलत गरेको भन्दै त्यसको विरोध गरेका छन्। बदनियतसाथ भएको यस्तो निर्णय गलत रहेकाले यसको विरोध स्वाभाविक रहेको थापाले बताए। प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै थापाले भने, ‘यसको विरोध हुन्छ, हामी यसको विरोध गर्छौँ।’

उनले आममाफी दिने क्रममा केहीलाई कानुनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको आरोप लगाए। उनले भने, ‘गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको छ।’ कानुन छिद्रमा टेकेर हुने यस्ता घटना रोक्न कानुन आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने उनले बताए। थापाले कानुनका कारण समस्या भएको भन्दै यसलाई सच्चाउनुपर्ने र राष्ट्रपतिलाई बद्नाम हुनुबाट रोक्नुपर्नेमा जोड दिए।

कांग्रेस महामन्त्रीसमेत रहेका थापाले कानुनी छिद्रमा टेकेर भएका गलत निर्णयका बारेका सरकारले सदनमा जवाफ दिनुपर्ने माग गरे।संविधान दिवसका दिन ६७० जना कैदीबन्दीको बाँकी सजाय माफी मिनाहा गरिएको थियो। त्यसै क्रममा गम्भीर आपराधिक घटनामा संलग्न केही व्यक्तिले पनि आममाफी पाएका थिए।

आममाफी पाउने सूचीमा रिगल भनिने योग ढकाल पनि छन्। उनी नेपालगन्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी एकजनाको हत्या गरेको अभियोगमा जेलमा थिए। उनको उन्मुक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा