"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नर्वेली लेखक फसलाई नोबेल साहित्य पुरस्कार

प्रकाशित मिति :  5 October, 2023 6:02 pm


काठमाडौँ । यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । बिहीबार रोयल स्विडिस एकेडेमीले एक समारोहबीच यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो । एकेडेमीले लेखक फसलाई ‘नभनिएका वा भन्न नसकिने कुरालाई नवीन नाट्य तथा निबन्धबाट आवाज’ दिएका कारण नोबेल साहित्य पुरस्कार दिइएको जनाएको छ ।

एकेडेमीका अनुसार फसको शैलीलाई ‘फस मिनिमलिज्म’ भनेर समेत चिनिने गरेको छ ।’ वेकफुलनेस’, ‘मेलांकोलिया’, ‘मेलांकोली’, ‘सेप्टोलोजी’ लगायतका फसका चर्चित पुस्तक हुन् । एकेडेमीले फसको लेखनशैलीको प्रशंसा गर्दै भनेको छ, ‘योन फस दैनन्दिनका यस्तो अवस्था प्रस्तुत गर्छन् कि जुन तत्काल नै हाम्रो जीवनबाट पहिचान हुन्छ ।’

नोबेल साहित्य पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर(९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो । गत वर्ष फ्रान्सेली लेखक यानी अर्नोलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले लेखकीय साहसका लागि अर्नोलाई साहित्य पुरस्कार दिएको बताएको थियो ।

साहित्यमा पहिलो नोबेल पुरस्कार भने सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । पछिल्लो समय ‘नानोटेक्नोलोजी टुलबक्स’ का लागि महत्त्वपूर्ण भूमिका खेल्ने क्वान्टम डट खोजी गर्ने तीन जना वैज्ञानिक मौंगी जी बावेन्डी, लुई ई ब्रस र अलेक्सेई आई इकिमोभलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ ।

त्यस्तै यस वर्ष ‘सुक्ष्म समय’ पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । त्यस्तै कोरोना भाइरसविरुद्धको एमआरएन खोप विकासका लागि तीन वैज्ञानिकले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ६ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर ९ मा घोषणा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा