"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोक घोषणा

प्रकाशित मिति :  9 October, 2023 11:05 pm


काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘यस अकल्पनीय घटनामा दिवंगत भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ,’ पत्रकारहरूसँग उनले भनिन्।

घटनामा निधन भएका १० जना नेपालीको शव तत्काल ल्याउने पनि उनले बताइन्। साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ। सरकारले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गरी स्वदेश ल्याउने निर्णय पनि गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल