"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इजरायलमा रहेका नेपालीको उपचार तथा शीघ्र उद्धार गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

प्रकाशित मिति :  10 October, 2023 5:54 pm


काठमाडौँ । नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूका विषयमा शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांगेसको आज मंगलबार बसेको संसदीय दल बैठकले आक्रमणको भत्सर्ना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कांग्रेसले हमासको आक्रमणमा परी घाइते भएकाहरूको उपचार तथा शीघ्र उद्धारसहित सरकारलाई चारबुँदे ध्यानाकर्षण गराएको छ।

‘आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउने। सम्पर्कमा नरहेका कंचनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्ने, इजरायलमा भएका नेपालीहरूको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्ने,’ कांग्रेसको ध्यानाकर्षणमा भनिएको छ, ‘रोजगारी तथा अध्ययनका लागि इजरायल गएका नेपालीहरू इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरूलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउने।’

बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। ‘यो बैठक हमासको आक्रमणमा परी घाइते भइ उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको नेपाल सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा