"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगनको आशंका : भ्रष्टाचारका ठूला घटना अख्तियारले मिलाइदिन्छ !

प्रकाशित मिति :  11 October, 2023 6:12 pm


महामन्त्री गगन थापा। फाइल तस्बिर।
महामन्त्री गगन थापा, फाइल तस्बिर।

काठमाडौँ । कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले भ्रष्टाचारका ठूला घटना अख्तियारले मिलाइदिन्छ भन्ने सुन्ने गरिएको बताएका छन् । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा थापाले अख्तियारको पदाधिकारी नियुक्तिमा भागबन्डा हुने गरेकाले ठूला काण्ड मिलाउँछ भन्ने गरिएको बताए ।

अख्तियारमा नियुक्तिको मापदण्ड बदल्नै पर्ने पनि थापाको भनाइ छ । ‘विधेयक जस्ताको त्यस्तै पारित गरेर पठायो भने अपेक्षा पूरा हुन्न । जरामै समस्या छ । नियुक्तिको भागबन्डा छ । नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन । नियुक्तिमा सार्वजनिक सुनुवाइ हुनुपर्छ । संवैधानिक परिषद्मा कानुन संशोधन गर्नुपर्छ,’ थापाले भने । सांसद थापाले नीतिगत निर्णयका लागि छुट्टै कानुन बनाउनुपर्ने पनि बताए ।

त्यस्तै पछिल्लो समय अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठ्ने गरेको पनि उनले बताए । ‘नीतिगत निर्णयको छुट्टै कानुन बनाउनुपर्छ। क्याबिनेटले सबै नीतिगत निर्णय गर्दैन । अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठ्यो । अख्तियारमा निजामती सेवाबाट होइन, विशेष सेवाबाट जाने व्यवस्था बनाउनुपर्छ । ठूला काण्डलाई मिलाइ दिन्छ, ढाकछोप गर्छ भन्ने धारणा बनेको छ,’ थापाले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।