"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगनको आशंका : भ्रष्टाचारका ठूला घटना अख्तियारले मिलाइदिन्छ !

प्रकाशित मिति :  11 October, 2023 6:12 pm


काठमाडौँ । कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले भ्रष्टाचारका ठूला घटना अख्तियारले मिलाइदिन्छ भन्ने सुन्ने गरिएको बताएका छन् । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा थापाले अख्तियारको पदाधिकारी नियुक्तिमा भागबन्डा हुने गरेकाले ठूला काण्ड मिलाउँछ भन्ने गरिएको बताए ।

अख्तियारमा नियुक्तिको मापदण्ड बदल्नै पर्ने पनि थापाको भनाइ छ । ‘विधेयक जस्ताको त्यस्तै पारित गरेर पठायो भने अपेक्षा पूरा हुन्न । जरामै समस्या छ । नियुक्तिको भागबन्डा छ । नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन । नियुक्तिमा सार्वजनिक सुनुवाइ हुनुपर्छ । संवैधानिक परिषद्मा कानुन संशोधन गर्नुपर्छ,’ थापाले भने । सांसद थापाले नीतिगत निर्णयका लागि छुट्टै कानुन बनाउनुपर्ने पनि बताए ।

त्यस्तै पछिल्लो समय अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठ्ने गरेको पनि उनले बताए । ‘नीतिगत निर्णयको छुट्टै कानुन बनाउनुपर्छ। क्याबिनेटले सबै नीतिगत निर्णय गर्दैन । अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठ्यो । अख्तियारमा निजामती सेवाबाट होइन, विशेष सेवाबाट जाने व्यवस्था बनाउनुपर्छ । ठूला काण्डलाई मिलाइ दिन्छ, ढाकछोप गर्छ भन्ने धारणा बनेको छ,’ थापाले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा