"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले मधेस प्रदेश अधिवेशनमा को–को छन् नेतृत्वको आकांक्षी ?

प्रकाशित मिति :  12 October, 2023 10:11 am


काठमाडौँ । नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनअन्तर्गत आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने छ। बुधबार उद्घाटन सत्रपछि राति ८ बजेबाट बन्दसत्र सुरू भएको थियो। साढे १० बजेसम्म चलेको बन्दसत्रले राजनीतिक, सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको केन्द्रीय सदस्य अरबिन्द सिंहले जानकारी दिए।

‘बुधबार राजनीतिक सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। अधिवेशनबाट निर्वाचित हुने कमिटीले प्रतिनिधिहरूबाट आएको राय–सुझाव समेटेर त्यसलाई समृद्ध तुल्याउने छ,’ उनले भने। मधेस इन्चार्ज योगेश भट्टराईको अध्यक्षतामा अध्यक्ष मण्डल गठन भएको छ। नेतृत्व चयनको प्रक्रिया आजबाट सुरू हुने सिंहले जानकारी दिए।

उनका अनुसार पार्टीले प्राप्त गरेको समानुपातिक मत र पार्टी सदस्य संख्यालाई आधार मानेर जिल्लाहरूलाई सदस्य संख्या निर्धारण गरिएको छ। दलित, मुस्लिम, युवा, आदिवासी, जनजाति र महिलाको समावेशी प्रतिनिधित्व हुने गरी सदस्य निर्वाचित गर्न भनिएको उनले बताए। ‘यसले गर्दा मधेसका ८ वटा जिल्लापिच्छे फरकफरक संख्यामा प्रतिनिधित्व हुने भएको छ,’ सिंहले भने।

को–को छन् आकांक्षी ?
अधिवेशनमा १ हजार २७ प्रतिनिधि रहेका छन्। अधिवेशनले २ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ। पहिलो अधिवेशन भएकाले अध्यक्षमा ४ जना बढी नेताहरूले आकांक्षा राखेका छन्। सिराहा जिल्ला अध्यक्ष रहेका चन्देश्वर मण्डल, धनुषाका लक्ष्मीनारायण यादव, पर्साका विचारी यादव र सर्लाहीका राजनारायण साह अध्यक्ष बन्ने दौडमा छन्।

चन्देश्वर मण्डललाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठको समर्थन रहेको एक प्रतिनिधिले बताए। कोशी इन्चार्ज तथा पार्टी सचिव रघुवीर महासेठले आफ्नो समर्थनमा उम्मेदवार अघि सार्ने तयारी गरेका छन्।

अहिलेसम्म उनले कसलाई अघि सार्ने भनेर तय गरिनसकेको एक प्रतिनिधिले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।