"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले मधेस प्रदेश अधिवेशनमा को–को छन् नेतृत्वको आकांक्षी ?

प्रकाशित मिति :  12 October, 2023 10:11 am


काठमाडौँ । नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनअन्तर्गत आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने छ। बुधबार उद्घाटन सत्रपछि राति ८ बजेबाट बन्दसत्र सुरू भएको थियो। साढे १० बजेसम्म चलेको बन्दसत्रले राजनीतिक, सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको केन्द्रीय सदस्य अरबिन्द सिंहले जानकारी दिए।

‘बुधबार राजनीतिक सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। अधिवेशनबाट निर्वाचित हुने कमिटीले प्रतिनिधिहरूबाट आएको राय–सुझाव समेटेर त्यसलाई समृद्ध तुल्याउने छ,’ उनले भने। मधेस इन्चार्ज योगेश भट्टराईको अध्यक्षतामा अध्यक्ष मण्डल गठन भएको छ। नेतृत्व चयनको प्रक्रिया आजबाट सुरू हुने सिंहले जानकारी दिए।

उनका अनुसार पार्टीले प्राप्त गरेको समानुपातिक मत र पार्टी सदस्य संख्यालाई आधार मानेर जिल्लाहरूलाई सदस्य संख्या निर्धारण गरिएको छ। दलित, मुस्लिम, युवा, आदिवासी, जनजाति र महिलाको समावेशी प्रतिनिधित्व हुने गरी सदस्य निर्वाचित गर्न भनिएको उनले बताए। ‘यसले गर्दा मधेसका ८ वटा जिल्लापिच्छे फरकफरक संख्यामा प्रतिनिधित्व हुने भएको छ,’ सिंहले भने।

को–को छन् आकांक्षी ?
अधिवेशनमा १ हजार २७ प्रतिनिधि रहेका छन्। अधिवेशनले २ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ। पहिलो अधिवेशन भएकाले अध्यक्षमा ४ जना बढी नेताहरूले आकांक्षा राखेका छन्। सिराहा जिल्ला अध्यक्ष रहेका चन्देश्वर मण्डल, धनुषाका लक्ष्मीनारायण यादव, पर्साका विचारी यादव र सर्लाहीका राजनारायण साह अध्यक्ष बन्ने दौडमा छन्।

चन्देश्वर मण्डललाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठको समर्थन रहेको एक प्रतिनिधिले बताए। कोशी इन्चार्ज तथा पार्टी सचिव रघुवीर महासेठले आफ्नो समर्थनमा उम्मेदवार अघि सार्ने तयारी गरेका छन्।

अहिलेसम्म उनले कसलाई अघि सार्ने भनेर तय गरिनसकेको एक प्रतिनिधिले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा