"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशीको राजनीतिमा कांग्रेस माओवादीकरण र एमालेकरण हुन्न : महामन्त्री गगन थापा

प्रकाशित मिति :  13 October, 2023 6:07 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई माओवादीकरण, एमालेकरण हुन नदिने बताएका छन्। आज शुक्रबार गोरखा पार्टीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले कोशी प्रदेश सरकारको राजनीतिक घटनाको प्रसंग निकाल्दै यस्तो बताएका हुन्।

उनले नयाँ पुस्ताको भविष्य कांग्रेसलाई बनाउने पनि दाबी गरे। ‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो,’ उनले भने, ‘कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ।’

महामन्त्री थापाले पार्टीमा व्यक्तिलाई केन्द्रमा राखेर राजनीति नगर्न पनि उल्लेख गरे। उनले पार्टीमा आफू कहिलेकाही घेराबन्दीमा पर्ने गरेको भन्दै पार्टीलाई विधिसम्वत् चलाउन लागिरहने बताए।

कोशी सरकार गठनको विषयमा कांग्रेसभित्र विवाद बढ्दो छ। कांग्रेसकै इतर समूहको नेतृत्व गरिरहेका डा.शेखर कोइराला र थापाबीच पनि पनि कोशीकै राजनीतिले सम्बन्ध चिसिएको छ। कोशीमा गठबन्धन दलले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन निर्णय गरेर र सोहीअनुसार दाबी पेस भएको छ। उता कांग्रेसकै कोइरालानिकट नेता केदार कार्कीले पनि एमालेसहितको समर्थन र कांग्रेसका ८ जनाको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा