"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

केदार कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्रीमा नियुक्त

प्रकाशित मिति :  14 October, 2023 11:02 am


विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार लिने छन् । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा आएका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका छन् । कोशी प्रदेशमा एक वर्षको अवधिमा ५ औं पटक मुख्यमन्त्री नियुक्त भएका छन् । एक वर्षको अवधिमा हिक्मत कार्की र उद्धव थापा २/२ पटक मुख्यमन्त्री बनेका थिए।

संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए । यही धारा अन्तर्गत कार्कीले एमालेको सहयोगमा शुक्रबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कार्कीले दाबी पेस गरेका थियो ।

सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका आङ्बोले शनिबार भने सनाखत गरेनन् । र कार्कीले ४७ सदस्यको सनाखत गरेसँगै प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस प्रदेश सभा सदस्य निर्वाचित भएका कार्कीले कांग्रेसको निर्णयविरुद्ध विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कोशी प्रदेश सभामा ९३ सांसद रहेकामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्दछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।