"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी प्रदेशमा एमालेसहितको मन्त्रिपरिषद् गठन

प्रकाशित मिति :  15 October, 2023 4:15 pm


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमाले सांसद रामबहादुर रानासहितको तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार इलामका कांग्रेस सांसद शम्शेर राईलाई पनि मन्त्रीमा नियुक्त गरेका छन् । राना पनि इलामकै हुन् । सत्तारुढ गठबन्धनले मुख्यमन्त्री कार्कीलाई आफ्नो उम्मेदवार बनाउने घोषणा गर्दै एमाले बाहेकको प्रदेश मन्त्रिपरिषद् गठन हुने अपेक्षा गर्दै आएको थियो ।

संविधान धारा १६८ (५) अनुसार अनुसार कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । कांग्रेसका सांसदहरु कांग्रेस नेता शेखर कोइराला निकटका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेदेखि नै कोइरालाले मुख्यमन्त्री कार्कीलाई बनाउन लबिङ गर्दै आएका थिए ।

शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र कोइरालाबीच सत्तारुढ गठबन्धनलाई मजबुत बनाउने सहमति गरेका थिए । एमालेले कार्कीसँग तीन विषयमा सहमति भएको र त्यसमा सरकारमा सहभागिताको विषय समेत रहेको जनाएको छ । उनीहरुले कार्की आफ्नो प्रतिबद्धतामा इमान्दार रहेसम्म समर्थन गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा