"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशीमा मध्यावधि रोक्न कांग्रेस बिद्रोहलाई समर्थन : अध्यक्ष ओली

प्रकाशित मिति :  15 October, 2023 4:25 pm


प्युठान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताएका छन । प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताए ।

आफूहरु जोसुकैलाई समर्थन गरेर भए पनि कोशीलाई मध्यावधिबाट जोगाउने पक्षमा रहेको सुनाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘देशको आर्थिक अवस्था नाजुक छ, मध्यावधिमा जाँदा देशलाई ठूलो खर्च हुने देखेर मध्यावधि जोगाउन कांग्रेस विद्रोहलाई समर्थन गर्‍यौं ।’

कोशी प्रदेशमा नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थनमा केदार कार्की मुख्यमन्त्री भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।