"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजनीतिक परिवर्तनका नेताको योगदानलाई अवमूल्यन गरेको छैन : सभापति लामिछाने

प्रकाशित मिति :  16 October, 2023 12:17 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन्। रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन सोमबार आयोजित ‘नीति मन्थन’ कार्यक्रममा लामिछानेले विषय केन्द्रित कटाक्ष गरे पनि परिवर्तनमा अन्य राजनीतिक दलका नेताको योगदानलाई अवमूल्यन नगरेको स्पष्ट पारे।

‘परिवर्तनमा आफ्नो सिङ्गो जीवन राजनीतिमा बिताएका नेताप्रति कटाक्ष गरेको मात्र धेरैले सुन्नुभएको छ होला’, सभापति लामिछानेले भने, ‘विषय केन्द्रित कटाक्ष हुन सक्लान् तर समग्र मुलुकको परिवर्तनका लागि उहाँहरूले गर्नुभएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना छैन। उहाँहरूको योगदानलाई उच्च सम्मान र कदर गर्दछौँ।’

नीति मन्थन कार्यक्रमबारे जानकारी दिँदै लामिछानेले विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध गराउने हुटहुटी नभएको समेत बताए। उनले भने, ‘विज्ञताले पनि दलीय छाप लगाउनुपर्ने परिस्थितिका बीच हामी उभिएका छौँ। तर हामी हाम्रो पार्टीको छाप लगाइदिने हैन, उहाँहरूको विज्ञतालाई समावेश गरेर अघि बढने निधो गरेका छौँ।’

सभापति लामिछानेले सुधारसहितको पार्टी दस्तावेज निर्माणमा लागिपरेको जानकारी दिए। ‘समाज यथास्थितिमा रहिरहन्छ भन्ने परिकल्पना गरेर राजनीतिक दलहरू खुल्दैनन्, विचार नीति बन्दैनन्। यो यस्तै रहिरन्छ भनेर हैन यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले अगाडिको बाटो तय गर्नुपर्ने हुन्छ। कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखीकन हामी परिपक्व हुने बाटोमा लागेका छौँ’, लामिछानेले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा