"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी प्रकरणमा महामन्त्रीद्वय थापा र शर्माको फरक मत

प्रकाशित मिति :  17 October, 2023 11:55 am


काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन् । निर्णय प्रक्रियामै महामन्त्रीद्वयलाई सहभागी नगराइएकाले परिस्थितिको जिम्मेवार पनि दुवै नेता हुनुपर्ने उनीहरूको भनाइ छ ।

‘निर्णयमा को–को सामेल हुनुहुन्थ्यो र किन दुर्घटना भयो भन्ने जिम्मेवारी सभापतिले लिनुपर्छ । डा. कोइरालाले कांग्रेसको भाग माओवादीलाई दिन लागेकाले खोसेको भन्ने भाष्य बनाउन खोज्नुभयो,’ महामन्त्री शर्माले भने, ‘तर, कहीँकतै पनि गठबन्धनमा यो प्रदेशमा यसको मात्रै सग्लो सरकार बन्ने भन्ने सहमति भएको छैन । जसको बने पनि आलोपालो गर्ने भन्ने थियो । तर, यो दुर्घटना हुँदै गर्दा समझदारीपूर्वक हल गर्नुपर्छ । डढेलाको रूप हुन दिनुहुँदैन, संयम र परिपक्वताका साथ हल निकाल्नुपर्छ ।’

त्यस्तै, गठबन्धन जोगाउने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र नेता कोइरालाले गरेको लिखितप्रति पनि महामन्त्रीद्वयले बैठकमा असन्तुष्टि जनाएका छन् । लिखित सहमतिको आवश्यकता र औचित्यमाथि उनीहरूको प्रश्न छ ।

‘चिर्कटो बनाइएकोमा हाम्रो सहमति छैन । यसमा सभापतिले पनि गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । कोशी प्रदेशमा अरू नेताहरू पनि हुनुहुन्छ, उहाँहरूसँग किन सल्लाह गरिएन ?’ महामन्त्री शर्माले बैठकमा राखेको धारणाबारे भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा