"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघ र अन्य प्रदेशमा एमालेसँग अहिले नै सहकार्य सम्भावना छैन : डा. कोइराला

प्रकाशित मिति :  21 October, 2023 12:18 pm


इटहरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा एमालेसँगको सहकार्यमा सरकार विस्तार भए पनि अन्य प्रदेश र संघमा भने गठबन्धनलाई नै यथावत् राख्ने बताएका छन्। शुक्रबार विराटनगर आएका नेता कोइरालाले सञ्चारकर्मीसँगको कुराकानीमा अन्य प्रदेश र संघीय सरकारमा एमालेसँग सहकार्य नहुने बताएका हुन्। उनले भने, ‘कोशी प्रदेशमा अहिले जे छ त्यसैलाई मिलाएर जाने हो। केन्द्रमा पनि गठबन्धनसँगै बहुमत भएकाले कहीँकतै सरकार परिवर्तन हुँदैन।’

सरकारमा गठबन्धनलाई मिसाउने वा नमिसाउने भन्ने विषयमा भने उनले केही बताएनन्। कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नमात्रै एमालेसँग सहकार्य गरेको कोइरालाले स्पष्ट पारे। कोशी प्रदेशमा कोइरालाकै पहलमा एमालेसँग मिलेर उनी निकटका केदार कार्की मुख्यमन्त्री बनेका छन्। कोइरालाले विशेष परिस्थिति आएका कारण मात्रै आफूले कोशीमा सरकार निर्माणका निम्ति चासो देखाएको बताए। ‘कोशीमा विशेष खालको परिस्थिति थियो,’ उनले भने, ‘तपाईँहरूले पनि बुझ्नुभएकै छ।’

एमालेसँग सहकार्य नगरेको भए कोशी प्रदेश मध्यावधिमा जाने निश्चित रहेको दाबी गर्दै कोइरालाले भने, ‘कोशीमा अहिले पनि हेर्नुहोस् त राप्रपाले विपक्षमा भोट हाल्यो नि! त्योबेला पनि हालेको भए त मध्यावधिमा जान्थ्यो नि! राप्रपाले सभापतिजीसँग, प्रधानमन्त्रीजीसँग कुरा गरेकै होला। हामीसँग पनि केन्द्रका नेताहरूले कुरा गरेकै थिए। राप्रपाले भनेको कुरा बुझेर पनि यहाँ अहिले यस्तो बनेको हो।’ उनले दसैँअघि सरकार विस्तार नहुने र दसैँपछि सबै मिलाउँदै लैजाने समेत बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा