"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

प्रकाशित मिति :  23 October, 2023 4:57 pm


काठमाडाैँ । यस वर्षको दशैँको टीकाको साईत बिहान ११ बजेर २ मिनटलाई तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँका विभिन्न साइत सार्वजनिक गर्दै टिका लगाउने उत्तम साईत ११ बजेर २ मिनेट रहेको जनाएको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  ११ बजेर २ मिनेट टीकाकाे मूल साइत रहेपनि आफ्नो अनुकुलमा दिनैभरी टीका लगाउन मिल्ने जानकारी दिनुभयो ।

यस्तै असोज २८ गते आइबार बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।

असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १० बजेर १९ मिनेटमा रहेको छ । तुलजा भवानी यात्राको साइत बिहान ८ हजेर २४ मिनटमा रहेको छ ।  कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ ।

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १० बजेर ३७ मिनटमा विसर्जन गरिने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सीआईएनलाई जानकारी दिनुभयो ।

यस्तै, कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे