"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

प्रकाशित मिति :  23 October, 2023 4:57 pm


काठमाडाैँ । यस वर्षको दशैँको टीकाको साईत बिहान ११ बजेर २ मिनटलाई तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँका विभिन्न साइत सार्वजनिक गर्दै टिका लगाउने उत्तम साईत ११ बजेर २ मिनेट रहेको जनाएको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  ११ बजेर २ मिनेट टीकाकाे मूल साइत रहेपनि आफ्नो अनुकुलमा दिनैभरी टीका लगाउन मिल्ने जानकारी दिनुभयो ।

यस्तै असोज २८ गते आइबार बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।

असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १० बजेर १९ मिनेटमा रहेको छ । तुलजा भवानी यात्राको साइत बिहान ८ हजेर २४ मिनटमा रहेको छ ।  कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ ।

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १० बजेर ३७ मिनटमा विसर्जन गरिने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सीआईएनलाई जानकारी दिनुभयो ।

यस्तै, कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारका प्रवक्ता सस्मित पोखरेलले बागमती र त्यसका सहायक नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरू सुरक्षित र व्यवस्थित जीवनतर्फ अघि बढ्न

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद् राज्य भएको बताएका छन् । संवैधानिक परिषद्‌मा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँगै

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा