"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी लिए

प्रकाशित मिति :  25 October, 2023 9:12 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।पुल्चोकस्थित उपप्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री दाहालले बुधबार स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।

भेटघाटका क्रममा प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका बेला यही कार्तिक १ मा उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार बिहान नेपाल फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा