"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२०८४ मा एमालेको एक्लै बहुमत ल्याउने महासचिव पोखरेलको दाबी

प्रकाशित मिति :  26 October, 2023 11:01 pm


दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८४ को चुनावमा स्थानीय तहमा बहुसंख्यक जनप्रतिनिधिसहित प्रतिनिधिसभा र प्रदेश सभामा कसैको वैशाखी बिना एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गरेका छन् । 

पोखरेलले मुलुकमा अस्थिर राजनीतिको अन्त्य गरी स्थायित्त्व कायम गर्न एमाले बलियो शक्तिको रूपमा स्थापित गर्न आवश्यक रहेकोले त्यस दिशामा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

बिहीबार दाङको लमहीमा एमाले निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको राष्ट्रिय पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले कुनै पनि पार्टीको बैशाखी बिना, सहारा बिना, एक्लै एमाले बहुमतको सरकार बनाउन हामी मिसान २०८४ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए ।

२०८४ को चुनावपछि एमालेको नेतृत्वको सरकार बनेपछि मुलुकको विकास र आर्थिक समृद्धिका काम द्रुत गतिमा अघि बढ्ने दाबी गर्दै वर्तमान सरकारले जनताको अपेक्षा पुरा गर्न नसक्ने पोखरेलले बताए ।

एमालेको बहुमतको सरकार, सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय अकांक्षा पुरा गर्ने हाम्रो योजना तर्फ हामी नेता कार्यकर्ता संलग्न हुनुपर्ने उनले बताए । कांग्रेससँगको सत्ता बार्गेनिङ गर्न समाजवादी मोर्चा बनाइएको उनको टिप्पणी छ।

आफ्ना कार्यकर्ताहरू एमाले हुने भएपछि समाजवादी मोर्चाको नाममा अल्मल्याउने खेल मात्रै भएको उनले दाबी गरे ।

नेपाललाई कमजोर पार्न मौलिक संस्कृति माथि प्रहार भइरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा