"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

प्रकाशित मिति :  29 October, 2023 2:37 pm


शिष्टाचार भेट काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच सिंहदरबार भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। त्यसपछि मन्त्री साउदसहितको सरकारी टोली र महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको हो।

गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस शनिबार राति काठमाडौँ आएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको