"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

प्रकाशित मिति :  29 October, 2023 2:37 pm


शिष्टाचार भेट काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आइतबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच सिंहदरबार भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। त्यसपछि मन्त्री साउदसहितको सरकारी टोली र महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको हो।

गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस शनिबार राति काठमाडौँ आएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा