"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गोलाम सरवर सार्कको १५ औं महासचिव नियुक्त

प्रकाशित मिति :  29 October, 2023 3:55 pm


काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्। सार्क मन्त्रिपरिषदले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले शनिबार जानकारी दिएको हो।

गोलाम सरवर सार्कको १५ औं महासचिव हुन्। उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी पनि हुन्।

सार्क सचिवालयका अनुसार सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवर मलेसिया, ओमन र स्विडेनमा बंगलादेशी राजदूत भइसकेका छन्। उनले क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वासिङटन डिसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन्।

सन् १९६६ मा जन्मेका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका सार्क सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको