"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महासचिव गुटेरेस र सभापति देउवाबीच भेटवार्ता

प्रकाशित मिति :  29 October, 2023 5:13 pm


काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आइतबार अपराह्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका महासचिव गुटेरेसले सभापति देउवासहित कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, नेता शेखर कोइराला र परराष्ट्रमन्त्री एनपी साउदसमेत सहभागी थिए । भेटमा नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलगायत विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।

महासचिव गुटेरेसले आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि छुट्टा-छुट्टै भेटवार्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन