"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महासचिव गुटेरेस र सभापति देउवाबीच भेटवार्ता

प्रकाशित मिति :  29 October, 2023 5:13 pm


काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आइतबार अपराह्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका महासचिव गुटेरेसले सभापति देउवासहित कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, नेता शेखर कोइराला र परराष्ट्रमन्त्री एनपी साउदसमेत सहभागी थिए । भेटमा नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलगायत विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।

महासचिव गुटेरेसले आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि छुट्टा-छुट्टै भेटवार्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय