"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भेटवार्ता

प्रकाशित मिति :  31 October, 2023 10:53 am


काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र सयुक्त राज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता भएको छ। गएराती वासिङ्टनडिसीमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्ध,  क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले नेपालको विकासका लागि व्यापार तथा लगानी, कृषि, खाद्य सुरक्षा, प्रविधिको विकास तथा विस्तारका बारेमा कुरा राखेका थिए। मन्त्री साउदले नेपालको व्यापार विकासका लागि सहयोग गर्न पनि समकक्षी ब्लिन्केनसँग आग्रह गरेका थिए। भेटका क्रममा मन्त्री साउदले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिकी सरकारले गरेको सहयोगकाप्रति आभार व्यक्त गर्दै थप सहयोगका लागि आग्रह गरेका थिए।

एमसीसी अन्तर्गतका परियोजना कार्यान्यवनका लागि दुवै पक्षले प्रतिवद्धता समेत व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ। मन्त्री ब्लिन्केनले लोकतान्त्रिक शासन मजवुद बनाउन नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाललाई समृद्ध लोकतान्त्रिक मुलुकका रूपमा देख्न चाहेको बताएका थिए।

उनले नेपालको समग्र विकासका लागि सहयोग गर्न अमेरिका सदैब तयार रहेको पनि बताएका थिए। भेटघाटका क्रममा उनले ब्लिन्केनलाई नेपाल भ्रमणका निमित्त औपचारिक निम्तो पनि दिएका छन्। सन् २०१८ पछि पहिलो पटक नेपाली परराष्ट्र मन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन्। उनी अमेरिकी समकक्षी ब्लिन्केनको निम्तोमा १२ गते अमेरिका प्रस्थान गरेका थिए।  

सन् २०१८ को डिसेम्बरमा अमेरिका भ्रमण गरेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी माइक पम्पेओलाई भेटेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा