"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

प्रकाशित मिति :  1 November, 2023 12:00 pm


काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

यो राष्ट्रिय सभामा रहेका सबै दलका सांसदहरुले संयुक्त रुपमा दर्ता गरेको गैरसरकारी विधेयक हो ।

राष्ट्रिय सभाबाट पारित विधेयक अब प्रतिनिधि सभामा जानेछ । प्रतिनिधिसभा नियमावली र संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावलीका अनुसार प्रतिनिधि सभाका कुनै सदस्यले यो विधेयकलाई अगाडि बढाउनुपर्ने हुन्छ । प्रतिनिधि सभाले पनि स्वीकार गरेर अगाडि बढाएको खण्डमा यसले कानुनको रुप लिन्छ ।

हाल सरकारले राष्ट्रिय मर्यादा तय गरेर राजपत्रमा प्रकाशन गर्ने गर्दछ । प्रस्तावित विधेयकले कानुनको रुप लिए मर्यादाको विषय कानुनमै व्यवस्थित हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले